शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिङ-नारायणगढ सडक १७ घण्टापछि खुल्यो

मुग्लिङ-नारायणगढ सडक १७ घण्टापछि खुल्यो

नागरिक पाटी

३०, भाद्र २०७७
  • 8.1K
    SHARES
  • मुग्लिङ-नारायणगढ सडक १७ घण्टापछि खुल्यो

    धादिङ । मुग्लिङ-नारायणगढ सडक १७ घण्टापछि खुल्यो सुचारु भएको छ। हिजो सोमबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको सडक खण्ड दिउँसो ३ बजेबाट खुलेको हो।

    images
    images

    नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक हिजो सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।

     

    अवरुद्ध सडक हिजो सोमबार बेलुका ६ बजे एकतर्फी सूचारु भएकोमा राति १० बजे पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। चारकिलो नजिकको पहिरो हटाइएपनि उक्त सडकखण्डको विभिन्न स्थानमा साना पहिरोको कारण सडक एकतर्फी मात्रै खुलेको छ।

     

    नारायणगढ मुग्लिङ सडक खण्डको भालुढुङ्गा, सिमलताल, जलबिरे लगायतको स्थानमा सडक एकतर्फी मात्रै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिएका छन।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - २०:४७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology