शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विभिन्न प्राकृतिक प्रकोपमा परेर देशभर ३ सय ९ जनाको मृत्यु

विभिन्न प्राकृतिक प्रकोपमा परेर देशभर ३ सय ९ जनाको मृत्यु

नागरिक पाटी

३१, भाद्र २०७७
  • 7.2K
    SHARES
  • विभिन्न प्राकृतिक प्रकोपमा परेर देशभर ३ सय ९ जनाको मृत्यु

    काठमाडौं । यस वर्षको वैशाखदेखि देशभर बाढी, पहिरोलगायतका विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु भएको छ भने एक सय २ जना बेपत्ता भएका छन् ।

    images
    images

    विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङ लागेर मात्र ६२ जनाको मृत्यु भएको छ । वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । पहिरोमा परी २ सय ७० जनाको मृत्यु भएको छ ।

    यसैगरी ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन् । चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ । प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङका कारण देशभर तीन सय ३६ जनाको मृत्यु, एक सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - ११:५०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology