शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण, १०६८ जना डिस्चार्ज

अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण, १०६८ जना डिस्चार्ज

नागरिक पाटी

३१, भाद्र २०७७
  • 4.6K
    SHARES
  • अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण, १०६८ जना डिस्चार्ज

    धादिङ । पछिल्लो २४ घण्टायता थप १५३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै ५८३२७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १६२४२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ५५४१ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।

    images
    images

    पछिल्लो २४ घण्टायता कोरोनाबाट ८ जनाको मृत्यु भएको छ भने १०६८ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१७०० पुगेको छ।

    हाल क्वारेन्टिनमा ७८२० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०४९४ वटा पीसीआर नमुना परीक्षण भएको छ। 

    हाल मुलुकमा भेन्टिलेटरमा २६ जना र आइसोलेसनमा १७३ जनाको उपचार भइरहेको छ। 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १६:३५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology