काठमाडौं। लकडाउनसँगै बन्द गरिएको लामो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णयसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ। करिब ६ महीनादेखि ग्यारेजमा थन्किएका सार्वजनिक यातायात आजदेखि गुड्न थालेका हुन्। २९ भदौको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि सार्वजनिक यातायात (लामो दुरीसहित) सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको सोही निर्णयपछि यातायात व्यवसायी र यातायात मजदुरले ५ महीना १९ दिनपछि सार्वजनिक सवारीसाधन सञ्चालन गरेका छन्।
आज टिकट काउन्टर, बसलगायत काठमाडौं बसपार्क वरपर स्यानिटाइज गरिएको छ। संक्रमणको जोखिम न्यूनिकरणको लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालन गरेर सुरक्षित यात्राको लागि निर्णय गरिएको छ।