काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन्। मोरङकी ६४ वर्षीया महिला, काठमाडौँका ८७ वर्षीय पुरुष, चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।