गजुरी । पृथ्वी राजमार्गको आमदघाटबाट दक्षिण तर्फ किराञ्चोक हुदै मकवानपुरको चौतारा जोड्ने सडकको नाम राम बहादुर पण्डित स्मृति सडक नामाकरण गरिएको छ । राम बहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको श्रद्धान्जली सभा तथा शालिक शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गजुरी गाँउपालिकाको निर्णयबाट आदमघाट बरभन्ञ्याङ चौतारा सडकको नाम राम बहादुर पण्डित स्मति सडक नामाकरण गरिएको जानकारी दिएका हुन् । राम बहादुर पण्डित साविक किराञ्चोक गाँउ विकास समितिको २०४९ र २०५४ सालमा किराञ्चोकका जनताले उपाध्यक्षमा निर्वाचत गराएको र उहाँलाई तत्कालिन युद्धरत माओवादीले सडकमै हत्या गरेकाले सडकको नामाकरण उहाँकै नामबाट गरिएको उनले बताए ।
उहाँको स्मृति स्मारक बनाउने र सडकको नामाकरणले उहाँलाई जिवन्त राख्ने छ गाँउपालिका उपाध्यक्ष सिता ढुंगानाले बताइन । राम बहादुर पण्डित साधारण परिवारमा जन्मे हुर्केको र नेकपाको असल कार्यकर्ता भएको स्मरण गर्दै वडा अध्यक्षद्वय केशव अधिकारी र राजकुमार ढुंगानाले उहाँका अधुरा कामहरुलाई निरन्तर रुपमा अघि बढाईरहेको बताए ।
नेकपा गाँउ संगठिन कमिटिका सचिव माधव भण्डारीले राम बहादुर पण्डित हत्याबाट तत्कालिन एमालेलाई मात्र नोक्सान नभएको भन्दै वतमान नेकपालाई पनि नोक्सान भएको बताए ।
राम बहादुर पण्डितलाई २०६० साल भदौ ३० गते राती घरबाट अपहरण गरि करिव ३ किलो मिटरको दुरीमा रहेको गणेशस्थान सामुदायिक वनमा आदमघाट बरभन्ज्याङ चौतारा सडक खण्डमा हात बाँधेर बम पड्काएर हत्या गरिएको थियो । उनको सव ३१ गते विहान मात्र स्थानीयहरुले भेटेका थिए । उनको शव उठाउन आएको एकिकृत सुरक्षा फोर्सका दुई जना प्रहरी पनि दरियाल खोलाको एम्वुसमा परेर ज्यान गुमाएपछि शव असोज १ गते स्थानीयले उठाएर पोष्टमार्टम गर्न लगेका थिए ।