मुग्लिन । मुग्लिन–नारायणगढ सडकको तीन ठाउँमा पहिरो खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । उक्त सडकमा केही दिनयता नयाँ पहिरो पनि थपिएका छन् । भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान पौने ६ बजेदेखि अवरुद्ध भएको सडक खुलाउन अझै केहि घण्टा समय लाग्नेछ । मंगलबार मात्रै सो सडकखण्डमा दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो ।