शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १,२०४ जनामा कोरोना सँक्रमण, १,४४७ डिस्चार्ज, ११ जनाको मृत्यु

थप १,२०४ जनामा कोरोना सँक्रमण, १,४४७ डिस्चार्ज, ११ जनाको मृत्यु

नागरिक पाटी

३, आश्विन २०७७
  • 5.6K
    SHARES
  • थप १,२०४ जनामा कोरोना सँक्रमण, १,४४७ डिस्चार्ज, ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

    images
    images

    यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण मोरङका ६५ वर्षीय महिला, रौतहटका ५१ वर्षीया महिला, सर्लाहीका ५६ वर्षीया महिला, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ पुरुषको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घन्टामा देशभर एक हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिनुभयो ।

    काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थएिका छन् । थपिएका संक्रमितमा काठमाडौंका मात्रै ५७० जना रहेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना संक्रमित थपिएका छन् ।
    यस्तै पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ४४७ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ । कोरोनालाई जितेर डिस्चार्ज हुने ७२।०८ प्रतिशत रहेको प्रवक्ता डा। गौतमले बताउनुभयो ।

    हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । सात हजार ९७६ ‘होम आइसोलेसन’ र नौ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १० हजार ३३३ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - १७:३२:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology