शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका विभिन्न स्थानमा सामान्य देखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

देशका विभिन्न स्थानमा सामान्य देखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

नागरिक पाटी

७, आश्विन २०७७
  • 5.5K
    SHARES
  • देशका विभिन्न स्थानमा सामान्य देखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिम तर्फ सर्ने क्रममा देशका विभिन्न स्थानमा बर्षा सम्भावना रहेको छ ।

    आज दिउँसोपछि देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखी मध्यम बर्षा हुने सम्भावना हरेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

    images
    images

    त्यस्तै आज राति पनि देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ । भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी बर्षा हुने जनाइएको छ ।

    प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - ०७:५५:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology