शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा उपाध्यक्ष गौतमलाई मन्त्री बन्न रोक

नेकपा उपाध्यक्ष गौतमलाई मन्त्री बन्न रोक

नागरिक पाटी

८, आश्विन २०७७
  • 4.1K
    SHARES
  • नेकपा उपाध्यक्ष गौतमलाई मन्त्री बन्न रोक

    काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि पूर्णविराम लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले वामदेवको मनोनयमा संवैधानिक प्रश्न उठाएसँगै तत्कालका लागि कुनै संवैधानिक काम नगराउन आदेश दिएसँगै तत्काल मन्त्री बन्ने सपना टरेको हो ।

    images
    images

    अब उनको मनोनयनविरुद्धको रिटको सुनुवाइ १४ असोजमा हुनेछ । राष्ट्रपतिले विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन ठीक छ कि छैन भन्ने विषय संवैधानिक इजलासमा परीक्षण हुनेछ । संर्वोच्चमा राष्ट्रिय सभा सदस्य मनोनयनको विवादको विषय पहिलो पटक परेको हुँदा संवैधानिक व्याख्या हुने जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - ०६:०४:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology