शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

नागरिक पाटी

८, आश्विन २०७७
  • 8.1K
    SHARES
  • अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

    मकवानपुर । अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजिकै मध्याह्न १२ बजे पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सो राजमार्ग अन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।

    images
    images

    पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताएका छन।

    त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १६:२२:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology