शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका ५४ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

देशका ५४ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

नागरिक पाटी

८, आश्विन २०७७
  • 5.9K
    SHARES
  • देशका ५४ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ५४ जिल्लामा गरी थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका सबै जिल्लामा गरी काठमाडौं, चितवन, ललितपुर, रुपन्देही र मोरङमा क्रमश सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

    प्रदेश नम्बर १ का उदयपुरमा २, ओलखढुङ्गामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरी जिल्लामा १३ जना संक्रमित थपिएका छन् ।

    प्रदेश नम्बर २ का धनुषामा १०, पर्सामा २३, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिरहा जिल्लामा २३ जनामा संक्रमण देखिएको छ ।

    बागमती प्रदेशका काठमाडौंमा ६ सय ९, काभ्रेमा १२, चितवनमा १ सय ३७, दोलखामा ३, धादिङमा ४ , नुवाकोटमा ८, भक्तपुरमा ५१, मकवानपुरमा २१, रामेछापमा १, ललितपुरमा ९५ र सिन्धुली जिल्लामा ५ जना संक्रमित थपिएका छन् ।

    गण्डकी प्रदेशका कास्कीमा ८, गोरखामा ९, तनहुँमा १७, नवलपरासी पूर्वमा १४, पर्वतमा ६, लमजुङमा २, बागलुङमा १२ र स्याङ्जा जिल्लामा ८ जना संक्रमित थपिएका छन् ।

    प्रदेश नम्बर ५ का अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ९, नवलपरासी ९पश्चिम०मा १४, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा २४, बाँकेमा ५३ र रुपन्देही जिल्लामा ८६ जना संक्रमित थपिएका छन् ।

    कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा ४, र सुर्खेत जिल्लामा ३ जना संक्रमित थपिएका छन् ।

    सुदूरपश्चिम प्रदेशका अछाममा १, कञ्चनपुरमा ४, कैलालीमा ४५, डडेल्धुरामा १, डोटीमा ४, दार्चुलामा १ र बैतडी जिल्लामा १० जना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १७:२४:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology