शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्यो

फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्यो

नागरिक पाटी

९, आश्विन २०७७
  • 10.9K
    SHARES
  • फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्यो

    मलेखु । फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सुत्केरीलाई लिएर बिहीबार साँझ धादिङबेंसीतर्फ जाँदै गरेको ट्याक्सी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट खस्दा सुत्केरीका आफन्त गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङको मृत्यु भएको हो । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएका छन् ।

    images
    images

    इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले बा१ज १२६२ नम्बरको ट्याक्सी अन्दाजी १ सय ५० मिटर तल खसेर थोपलखोला खेतमा पुगेको बताएका छन् । उक्त स्थानमा गत साउन ५ को अविरल वर्षाले पहिरो गएको थियो । एकतर्फि रुपमा सञ्चालन भैरहेको उक्त जोखिमपूर्ण स्थानमा पहिरो छिचोलेर सवारी चल्ने गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - ०६:३१:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology