धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।
सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ११ सय ४७ जना डिस्चार्ज भएसँगै ५३ हजार १३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
देशभर २४ घण्टामा १० हजार १९ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर १८ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ३ सय ३१ जना क्वारेन्टाईनमा रहेका छन् ।
यस्तै सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आज सप्तरीका ६३ बर्षिय पुरुष, काठमाडौँका २०, ७४ बर्षिय पुरुष, भक्तपुरका ८८ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मकवानपुरका ७४ बर्षिय पुरुष, ललितपुरका ७६ बर्षिय पुरुष, रुपन्देहीका ७२ बर्षिय पुरुष र कैलालीका ३० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ८ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।