धादिङ । धादिङका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको गल्छि गाउँपालिका वडा नं ७ का २ वर्षीय बालकमा कोरोना पुष्टि भएकोस्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय १३ पुगेको छ ।