शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण थप ४ जनाको मृत्यु, १ हजार ३५१ जनामा सङ्क्रमण

कोरोनाका कारण थप ४ जनाको मृत्यु, १ हजार ३५१ जनामा सङ्क्रमण

नागरिक पाटी

१२, आश्विन २०७७
  • 5.4K
    SHARES
  • कोरोनाका कारण थप ४ जनाको मृत्यु, १ हजार ३५१ जनामा सङ्क्रमण

    काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा सङ्क्रमण देखिएको हो । यो सँगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ ।

    images
    images

    गएको २४ घण्टामा सात सय ४२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

    अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ८१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १६:५५:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology