शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ७४२ जना कोरोना संक्रमण मुक्त

थप ७४२ जना कोरोना संक्रमण मुक्त

नागरिक पाटी

१२, आश्विन २०७७
  • 4.8K
    SHARES
  • थप ७४२ जना कोरोना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    images
    images


    यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले आज जानकारी दिए।

    देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको उहाँले बताउनुभयो। यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहेका छन्। मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १९:३३:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology