शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नागरिक पाटी

१४, आश्विन २०७७
  • 4.9K
    SHARES
  • कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १९, ताप्लेजुङका १, भोजपुरका १, मोरङका ९८, संखुवासभाका १, सुनसुरी ३८, धनुषा १, पर्सा १७, बाराका १०, महोत्तरीका ११, सप्तरीका ७, सर्लाहीका २, सिरहाका २, काठमाडौँका ६९७, काभ्रेका ९, चितवनका ६२, दोलखाका ३, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ९३, मकवानपुरका ३८, रामेछापका २, ललितपुरका ११२, सिन्धुपाल्चोकका ६, सिन्धुलीका ३ र कास्कीका १६ जनामा कोरोना पुष्टि भएको छ।

    images
    images

    यस्तै गोरखाका १५, तनहुँका ५, नवलपरासीपूर्वका ४५, पर्वतका १, म्याग्दीका १, लमजुङका २, बाग्लुङका २, स्याङ्जाका ३, कपिलवस्तुका २, गुल्मीका १, दाङका ५, नवलपरासीका १, पाल्पाका ६, प्यूठानका ३, बर्दियाका १०, बाँकेका २७, रुपन्देहीका ७०, रोल्पाका २, कालिकोटका ४, जुम्लाका २, दैलेखका ५, सल्यानका १, सुर्खेतका ४१, हुम्लाका २, अछामका २, कञ्चनपुरका ६, कैलालीका २३, डेडेल्धुराका २, डोटीका ८ र बझाङका १ जनामा कोरोना पुष्टि भएको छ।

    मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।
    हाल आईसीयुमा २०१ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १७:२०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology