शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत, परराष्ट्रसचिव वैरागी नयाँ मुख्यसचिव नियुक्त

मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत, परराष्ट्रसचिव वैरागी नयाँ मुख्यसचिव नियुक्त

नागरिक पाटी

१५, आश्विन २०७७
  • 6.7K
    SHARES
  • मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत, परराष्ट्रसचिव वैरागी नयाँ मुख्यसचिव नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेग्मीको राजीनामा स्वीकृत गरी मुख्यसचिवमा परराष्ट्रसचिव शंकरदास वैरागीलाई नियुक्त गरिएको जानकारी दिए।

    images
    images

    आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकबाट अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको नाम सिफारिस गर्ने निर्णयसमेत पारित भएको छ।

    यस्तै बेलायतको लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा। निर्मलकुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १२:१०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology