शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज थपिए हालसम्मकै सर्वाधिक कोरोना संक्रमित, कुन जिल्लाका कति ? (हेर्नुहोस् विवरण सहित)

आज थपिए हालसम्मकै सर्वाधिक कोरोना संक्रमित, कुन जिल्लाका कति ? (हेर्नुहोस् विवरण सहित)

नागरिक पाटी

१६, आश्विन २०७७
  • 6.5K
    SHARES
  • आज थपिए हालसम्मकै सर्वाधिक कोरोना संक्रमित,  कुन जिल्लाका कति ? (हेर्नुहोस् विवरण सहित)

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । जुन हालसम्मकै सर्वाधिक संक्रमित हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार आज शुक्रबारसम्म ४ हजार ८८५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २१ हजार २३४ जना आइसोलेसनमा रहेका छन् ।

    images
    images


    पछिल्लो २४ घण्टामा १४ हजार ७३९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ४८ हजार ६८६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । आज काठमाडौंमा हालसम्मकै धेरै संक्रमित १२ ८० जना थपिएका छन् । त्यस्तै भक्तपुरमा १९६ जना, ललितपुरमा १६२, मोरङमा १५० जना गरी देशभरका विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएको छ ।

    corona-16-asoj.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १७:२१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology