शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

नागरिक पाटी

१७, आश्विन २०७७
  • 5.0K
    SHARES
  • नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार बस्ने भएको छ । शुक्रबार बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलमा आज बैठक बोलाउने सहमती भएको थियो।

    images
    images

    बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठनको लागि ठोस मापदण्ड बनाउने विषयमा छलफल भइरहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी रुपमा मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेपछि शीर्ष नेताहरु असन्तुष्ट भएका छन् ।

    केही समयदेखि दुई ओली र अध्यक्षबीच कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा सहमती हुन नसक्दा मन्त्रिपरिषद् पुनर्गठनको काममा ढिलाई भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०९:३४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology