शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना निको

नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना निको

नागरिक पाटी

१७, आश्विन २०७७
  • 5.6K
    SHARES
  • नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना निको

    धादिङ । गएको २४ घण्टामा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार नौ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै एक हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै गएको २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १६:४३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology