शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीका सचिवालयका अधिकांशलाई कोरोना पोजेटिभ देखिएपछि सबै भेटघाट बन्द

प्रधानमन्त्रीका सचिवालयका अधिकांशलाई कोरोना पोजेटिभ देखिएपछि सबै भेटघाट बन्द

नागरिक पाटी

१७, आश्विन २०७७
  • 6.2K
    SHARES
  • प्रधानमन्त्रीका सचिवालयका अधिकांशलाई कोरोना पोजेटिभ देखिएपछि सबै भेटघाट बन्द

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अधिकांशलाई कोरोना पोजेटिभ देखिएपछि सबै औपचारिक तथा अनौपचारिक भेटघाट बन्द गरिएको छ।
    प्रधानमन्त्री निवास कोरोना संक्रमणको उच्च जोखिममा भएपछि सबै भेटघाट बन्द गरिएको प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए।

    images
    images

    ‘सचिवालयका अधिकांशलाई कोरोना देखिएपछि त्यसै पनि संवेदनशील हुन्छ। त्यसमा पनि थप भिडभाड गर्नु उचित हुँदैन भनेर सबै भेटघाट बन्द गरिएको हो‚’ नेम्वाङले बताउनु भयो ।
    शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - २१:१६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology