शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश ५ को प्रदेशसभा तोडफोडमा उत्रिए कांग्रेसका ३ सांसद

प्रदेश ५ को प्रदेशसभा तोडफोडमा उत्रिए कांग्रेसका ३ सांसद

नागरिक पाटी

१९, आश्विन २०७७
  • 6.9K
    SHARES
  • प्रदेश ५ को प्रदेशसभा तोडफोडमा उत्रिए कांग्रेसका ३ सांसद

    काठमाडौं । प्रदेश ५ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई बिर्सनलायक दिन बनेको छ। संसदीय इतिहासमा कुर्ची तोडफोडको घटनाबाट कांग्रेसले पाठ नसिकेको देखिएको छ। विगतमा संघीय संसदमा हुने घृणित कार्य बुटबलमा कांग्रेसले प्रर्दशन गरेको छ। प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव संसदमा पेस गरेदेखि नै कांग्रेसले उग्र व्यवहार देखाउँदै आएको थियो।

    images
    images

    चरणबद्ध आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले एक कर्मचारीको स्कुटर जलाइदिएपछि सर्वत्र आलोचित भएको थियो। बाहिरी आलोचनालाई सुन्दै नसुनेको कांग्रेसका स्थानीय नेता कार्यकर्ताले विरोधका कार्य यथावत् नै राखेका थिए। शान्तिपूर्ण आन्दोलनको ठाउँमा कांग्रेसले उग्रता प्रर्दशन गरिरहेको छ।

    संसदको कार्यसूची अनुरुप सभामुख पूर्णबहादुर घर्तीले संसदको कारबाही सुरु गर्ना साथ कांग्रेसका सांसदहरू रोस्ट्रम अघि नाराबाजीमा उत्रिए।सभामुख घर्तीले कांग्रेसका सांसदको नाराबाजीकै क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गर्न समय दिए। केसीले बोल्ने क्रममा कांग्रेसका सांसदको नाराबाजी जारी थियो। केसीले बोलेर सकेका मात्रै थिए,कांग्रेसका सांसद तोडफोडमा उत्रिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १८:२५:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology