शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११२६ जना डिस्चार्ज

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११२६ जना डिस्चार्ज

नागरिक पाटी

२१, आश्विन २०७७
  • 4.6K
    SHARES
  • कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११२६ जना डिस्चार्ज

    धादिङ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५७८ पुगेको छ।

    images
    images

    यसैगरी, कोरोनालाई जितेर ११२६ जना अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।

    यस्तै, बुधबार नेपालमा थप ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍। गौतमले बताए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १६:४५:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology