शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नागरिक पाटी

२१, आश्विन २०७७
  • 6.3K
    SHARES
  • जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

    images
    images

    जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दुर्घटनामा परेको हो।

    सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको हो। घटनास्थलमा पुगेको प्रहरीका अनुसार एक जनाको शव निकालिएको छ भने बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। घटनाबारे यकिन विवरण नआइसकेको उनले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १७:२७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology