शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा काठमाण्डौ उपत्यकामा २५ सय ४० जनामा कोरोना संक्रमण

२४ घण्टामा काठमाण्डौ उपत्यकामा २५ सय ४० जनामा कोरोना संक्रमण

नागरिक पाटी

२२, आश्विन २०७७
  • 5.2K
    SHARES
  • २४ घण्टामा काठमाण्डौ उपत्यकामा २५ सय ४० जनामा कोरोना संक्रमण

    काठमाण्डौं । काठमाण्डौ उपत्यकामा बिहीबार दुई हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाण्डौमा दुई हजार ८५ जना, भक्तपुरमा एक सय ३५ जना र ललितपुरमा तीन सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

    images
    images

    त्यस्तै बिहीबार देशभर १८ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण भएकोमा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । यसमध्ये ७१ हजार तीन सय ४३ जना उपचारपछि निको भएका छन् ।

    सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय नाघेको छ । अब लकडाउन हुन्छ कि हुँदैन भन्ने द्विविधा पनि बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - १६:५३:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology