शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

नागरिक पाटी

२४, आश्विन २०७७
  • 5.5K
    SHARES
  • कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

    काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको असोज २५ गते आइतवार लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

    images
    images

    हिजो शुक्रवार निधन भएका पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को सम्मानमा भोली पार्टी कार्यालय बन्द गर्न लागेकोले बैठक स्थगित भएको स्रोतले जनाएको छ । साथै आगामी बैठक कहिले बस्ने भन्ने टुंगो लागेका छैन् ।

    पार्टीका पूर्व पदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन रहेको छ ।

    त्यस्तै यता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहयोगीमा कोरोना संक्रमण देखिएकाले उनी होम क्वारेन्टाइनमा रहेका छन् । पार्टीका अन्य नेताहरुमा समेत कोरोना देखिएकाले यसअघिको बैठक पनि स्थगित गरिएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १३:४०:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology