धादिङ । कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जना पुरुष र २ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमा सुनसरीमा १ जना, मोरङमा २ जना, सर्लाहीमा १ जना, काठमाडौंमा ३ जना, ललितपुरमा २ जना, भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, नवलपरासी पूर्वमा १ जना र रुपन्देहीमा १ जना रहेका छन् । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले १९ हजार ३२० आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।