धादिङ । धादिङमा आज थप ३ जनामा कारोना पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिका वडा नं ३ को १९ वर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं १ का ६२ वर्षिय महिला र सिद्धलेक गाउँपालिका वड नं १ का ७८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय १८ पुगेको छ ।