शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज थपिए ५७ जिल्लामा नयाँ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

आज थपिए ५७ जिल्लामा नयाँ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

नागरिक पाटी

२५, आश्विन २०७७
  • 4.9K
    SHARES
  • आज थपिए ५७ जिल्लामा नयाँ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १२, ओखलढुंगाका १, झापाका १, मोरङका ३, सोलुखुम्बुका १, धनुषाका २, पर्साका १, बाराका ११, महोत्तरीका १३, रौतहटका ४, सप्तरीका २८, सर्लाहीका ३, सिरहाका ७, काठमाडौँका ११४५, काभ्रेका ४, चितवनका ३, दोलखाका ३, धादिङका ६, नुवाकोटका २५, भक्तपुरका ११०, मकवानपुरका ५, रामेछापका ४ र ललितपुरका १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै सिन्धुपाल्चोकका ४, कास्कीका २४, गोरखाका २०, तनहुँका १, नवलपरासीपूर्वका ३, पर्वतका १, लमजुङका ९, बागलुङका ३६, स्याङ्जाका २, अर्घाखाँचीका ३४, कपिलवस्तुका १०, गुल्मीका ४, दाङका ३२, नवलपरासीका १३, पाल्पाका २, प्यूठानका ३, बर्दियाका १०४, बाँकेका २०, रुकुमपूर्वका २, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका २, जुम्लाका १, डोल्पाका ३, दैलेखका ९, रुकुम पश्चिमका ९, सल्यानका २, सुर्खेतका २, अछामका १, कञ्चनपुरका १७, कैलालीका ३६, डोटीका १०, दार्चुलाका १ र बैतडीका २ जना संक्रमित भएका छन्।

    मन्त्रालयका अनुसार देशभर ३२९ जना कोरोना संक्रमितको आईसीयुमा र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनाङ र मुस्ताङमा कोरोना संक्रमितको संख्या शून्य छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १७:४८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology