धादिङ । धादिङमा आज १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमिहरु नीलकण्ठ–१ का २६ वर्षिय पुरुष, वडा नं ३ का ६ महिने बालक ,४६,३३,२९ वर्षिय पुरुष, १४ वर्षिया बालिका,३५ वर्षिया महिला,वडा नं ४ की २७ वर्षिया महिला रहेका छन् ।
बेनिघाट रोराङ–२ का ३८ वर्षिय पुरुष,वडा नं ४ का २६ वर्षिय पुरुष,खनियाबास–५ की २२ र ४२ वर्षिया महिला,सिद्धलेक–७ का ६९ वर्षिय पुरुष र नेत्रावती डवजोङ–५ का २३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय ४८ पुगेको छ ।