शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाका कारण थप १२ जनाको मृत्यु

नेपालमा कोरोनाका कारण थप १२ जनाको मृत्यु

नागरिक पाटी

२८, आश्विन २०७७
  • 6.7K
    SHARES
  • नेपालमा कोरोनाका कारण थप १२ जनाको मृत्यु

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म १,१७,९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३६३७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४,८१९ जना र होम आइसोलेसनमा २१,५४८ जना रहेका छन् ।

    images
    images

    आजको पीसीआर १३,९४७ छ । हाल क्वारेन्टिनमा ४,६६६ जना रहेका छन् । त्यस्तै आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २,१७४ जना रहेका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८०,९५४ जना पुगेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - २१:४३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology