शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा महासचिव पौडेल दोस्रो पटक अर्थमन्त्री

नेकपा महासचिव पौडेल दोस्रो पटक अर्थमन्त्री

नागरिक पाटी

२८, आश्विन २०७७
  • 4.2K
    SHARES
  • नेकपा महासचिव पौडेल दोस्रो पटक अर्थमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिएका छन्। डा. युवराज खतिवडा बाहिरिएपछि प्रधानमन्त्री आफैंले सम्हालिरहेको अर्थमन्त्रालय पौडेललाई जिम्मा लगाएका हुन्। ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए।

    images
    images

    अर्थमन्त्री बनेका पौडेल निजी क्षेत्रमैत्री मानिन्छन् । कोडिभ १९ ले अर्थतन्त्रमा गम्भीर असर पारेका बेला उनका लागि आगामी कार्यकाल सहज भने छैन ।कोरोनाका कारण गरिएको लकडाउन र त्यसको असरका कारण आर्थिक वृद्धि ऋणात्मक हुनसक्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थतन्त्रलाई सही दिशातर्फ लैजान उनलाई चुनौतीपूर्ण हुनेछ ।

    त्यसो त जलस्रोत मन्त्री बनेका बेला उनले लामो समयदेखि पुनरावलोकन नभएको विद्युत खरिद सम्झौता व्यवसायीको माग अनुसार चलाएका थिए। अर्थ मन्त्रालयको नेतृत्व गर्दै गर्दा पौडेलमाथि बजेटको कार्यान्वयन गर्ने चुनौती छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - २१:४६:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology