हेटौंडा । मकवानपुर जिल्लामा आज सबै भन्दा धेरै १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान, दिउसो र बेलुकी सार्वजनिक तथ्याङक अनुसार एकैदिन कोरोना पुष्टि हुनेको सख्या १ सय ६५ जना पुगेको हो ।
आज बिहान ७९ जना, दिउसो ४० जना र बेलुकी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमितहुनेहरुमा सबै भन्दा धेरै हेटौंडाका छन् ।