शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

नागरिक पाटी

३०, आश्विन २०७७
  • 18.6K
    SHARES
  • पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

    काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्जार्च भएका छन्। रक्तचाप उच्च भएपछि पूर्व प्रधानमन्त्री खनाल बुधबार धुम्बाराहीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए।

    images
    images

    डाक्टरहरुले केही दिन बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल दुई दिन अस्पतालमै बसेका थिए। स्वास्थ्यमा सुधार भएपछि शुक्रबार अपरान्ह डिस्चार्ज गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

    ‘उच्च रक्तचाप भएपछि उहाँ (खनाल) अस्पताल भर्ना हुनु भएको थियो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य पछि उहाँलाई डिस्चार्ज गरिएको हो,’ भट्टराईले डिसी नेपालसँग भने, ‘अहिले उहाँ आफैं हिँडडुल गर्न सक्नुहुन्छ। अवस्था सामान्य छ।’ सो क्रममा खनालको कोरोना टेस्टसमेत गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको भट्टराईले जानकारी दिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १६:३५:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology