शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

नागरिक पाटी

३०, आश्विन २०७७
  • 4.4K
    SHARES
  • देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

    काठमाण्डौँ । नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    images
    images

    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

    मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या भने ७ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ३७ हजार ३ सय ८२ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १६:४६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology