धादिङ । धादिङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आज नीलकण्ठ नगरपालिका वडा नं ३ का ९३ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । यस्तै आईतबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु धुनीबेशी नगरपालिका वडा नं ६ का ३४ वर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ का ३४ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ८ सय ३८ पुगेको छ ।