शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा सांसद र मन्त्रीका दसैं भत्ता कोरोना कोषमा जम्मा गरिने

नेकपा सांसद र मन्त्रीका दसैं भत्ता कोरोना कोषमा जम्मा गरिने

नागरिक पाटी

३, कार्तिक २०७७
  • 7.4K
    SHARES
  • नेकपा सांसद र मन्त्रीका दसैं भत्ता कोरोना कोषमा जम्मा गरिने

    काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसदहरूले पाएका दसैं भत्ताको रकम सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा हुने भएको छ।

    images
    images

    प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदले पाउने दसैं भत्ताको सम्पूर्ण रकम कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएका हुन्। ‘‘दसैं घरपरिवारभित्र मनाउन आग्रह गर्दै संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सबै सांसदको दसैं भत्ताबापत प्राप्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ,’’ दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै संघीय सांसदले पाएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी सांसदहरूलाई गराइएको छ।

    यसैगरी आजै बस्ने मन्त्रिपरिषद बैठकमा पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूले पाउने दसैं भत्ताबापतको रकम पनि कोरोना कोषमा जम्मा गर्ने निर्णय हुन लागेको एक मन्त्रीले जानकारी दिएका छन।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १६:२६:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology