धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय ६२ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ।जागेश्वर गौतमले बताउनुभयो ।
हिजो सोमबार ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार १ सय ८ जना डिस्चार्ज भएसँगै ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
देशभर २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसिआर परिक्षण गरिएको डा गौतमले बताउनुभयो । अहिले देशभर ४१ हजार ७ सय ७५ सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय २० जना क्वारेन्टाईनमा रहेका छन् ।