काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार सात सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार काठमाण्डौमा एक हजार चार सय ३१, ललितपुरमा एक सय २३ र भक्तपुरमा एक सय ४८ जनामा सङ्क्रमण भेटिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभर तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।