धादिङ। बागमती प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिएको छ । संघीय सरकारले नोवेल कोरोना भाइरस कोभिड–१९ लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला बागमती प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने भएको छ । पहिले जस्तैगरी कोरोना भाइरसको निःशुल्क उपचार गरिने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो ।
संघीय सरकारले कोरोनाको निः शुल्क उपचार नगर्ने र शुल्क लाग्ने वताएपछी आम नागरिकमा अन्यौलता भएको भन्दै यस प्रदेशमा भने कोरोना संक्रमितको निशुल्क उपचार गर्ने उहाँले वताउनुभयो । प्रदेश मातहतका अस्पताल र ल्याबमा मात्र निः शुल्क उपचार गरिने मन्त्री दुलालले वताउनुभयो ।
बागमती प्रदेश मातहतका ८ वटा अस्पताल र त्यहाँबाट संचालित आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको अहिले पनि निशुल्क उपचार भइरहेको छ । बागमती प्रदेश सरकारको मातहतमा रहेका धादिङको जिल्ला अस्पताल, मकवानपुरको हेटौंडा अस्पतालको आइसोलेसन, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल, सिन्धुपाल्चोकको जिल्ला अस्पतालद्वारा संचालित आईसोलेशन र अन्य स्थानीय तह मार्फत सहकार्यमा संचालित थप १५ वटा आईसोलेशनमा कोरोना सङ्क्रमीतहरुको उपचार निशुल्क भैरहेको हो । प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षण समेत निशुल्क भैरहेको छ । जनपत्रको सहयोगमा