शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दसैंमा घर जानेहरुको बसपार्कमा केहि चहलपहल

दसैंमा घर जानेहरुको बसपार्कमा केहि चहलपहल

नागरिक पाटी

५, कार्तिक २०७७
  • 7.0K
    SHARES
  • दसैंमा घर जानेहरुको बसपार्कमा केहि चहलपहल

    फाइल तस्विर

    images
    images

    धादिङ । दसैंमा घर जानेहरुको बसपार्कमा केहि चहलपहल भएको छ। विगतका वर्षमा चाडबाड मनाउन घर जाने यात्रु बसपार्कमा खचाखच भए पनि यसपालि भने तुलनात्मक कम यात्रु देखिएका छन् ।

    विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनायता खुलेको हो । अहिले घर फर्किन बाँकी रहेका यात्रुहरु काठमाडौंका बसपार्कमा पुगेका छन् । यसअघि सुनसान देखिएका बसपार्क क्षेत्र अहिले चहलपहल बढेको छ ।

    विगतका वर्षमा दसैंको समयमा बसपार्कका रूपमा रहेको गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, कोटेश्‍वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौं बस कुरेर गन्तव्यस्थलसम्म पुग्‍ने गरे पनि यसपटक त्यस्तो समस्या नरहेको यात्रुहरु बताउँछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०९:४५:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology