खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । बङ्सिलाघाटबाट चिसापानीका लागि गुडेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दधुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाईतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।