काठमाण्डौँ । नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि फेरि सञ्चालनमा आएको छ । बाढी, पहिरोले तीन महिनादेखि बन्द भइ गएको असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखा परेको जनाइ चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।
दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएपछि नेपाली कामदार सीमापारि जानु नपर्ने जनाइएको छ ।