शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

नागरिक पाटी

१३, कार्तिक २०७७
  • 5.8K
    SHARES
  • नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

    धादिङ । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।

    कुन जिल्लामा कति ?

    संक्रमितमध्ये ६८ प्रतिशत काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा १३३८ जना, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित भेटिएका छन् ।

    त्यस्तै चितवनमा ९७ जना, कास्कीमा ७३ जना, सुनसरीमा ६० जना, रुपन्देहीमा ५७, मकवानपुरमा ४७ जना, झापामा ३८ जना, बाँके ३७, गोरखामा ३६ जना, मोरङमा ३२ जना, नवलपरासी पूर्व ३१ जना संक्रमित भेटिएका छन् ।

    कालीकोटमा २३ जना, तनहुँमा १७ जना, दोलखामा १६ जना, दाङमा १३ जना, नुवाकोटमा १२ जना, सिन्धुलीमा १० जना, सिन्धुपाल्चोक, धादिङमा ८ जना, धनुषा, नवलपरासी, बर्दिया र जुम्लामा ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै सिराहा, काभ्रे र स्याङ्जामा ६र६ जना, सप्तरी, पर्वत, म्याग्दी, गुल्मी र पाल्पामा ५र५ जना, रसुवा, अर्घाखाँची, कपिलवस्तु र कैलालीमा ४/४ जना, इलाम, ओखलढुंगा, इलाम, रामेछाप, दैलेखमा ३/३ जना संक्रमित भेटिएका छन् ।

    सर्लाही, लमजुङ, जाजरकोट, डडेल्धुरा र बझाङमा २/२ जना र उदयपुर, खोटाङ, धनकुटा, भोजपुर, बारा, महोत्तरी, बागलुङ, प्युठान, रोल्पा, सुर्खेत, हुम्ला, अछाम र कञ्चनपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १८:११:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology