शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा मात्रै ४३ प्रतिशतभन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै ४३ प्रतिशतभन्दा बढी कोरोना संक्रमित

नागरिक पाटी

१४, कार्तिक २०७७
  • 7.7K
    SHARES
  • काठमाडौं उपत्यकामा मात्रै ४३ प्रतिशतभन्दा बढी कोरोना संक्रमित

    काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको छ। देशभरको कुल संक्रमितमध्ये ४३ प्रतिशतभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्र भेटिएको मन्त्रालयको तथ्यांकले देखाएको छ।

    images
    images

    मन्त्रालयले हिजो बिहीबार अपडेट गरेको विवरण अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७३ हजार १ सय ३ जना संक्रमित रहेका छन्। यो तथ्यांक अनुसार देशका कुल संक्रमितको ४३ दशमलव ३ प्रतिशतभन्दा बढी हो।

    हालसम्म काठमाडौं जिल्लामा मात्र ५९ हजार २ सय ४३ जना संक्रमित भेटिएका छन् भने ललितपुरमा ८ हजार ३ सय ५० जना संक्रमित पुष्टि भएका छन्। यस्तै भक्तपुरमा ५ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हालसम्म देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ सय ४ रहेको छ भने काठमाडौंमा उपत्यकामा मृत्यु हुने संक्रमितको संख्या ३ सय २८ छ।

    मृत्यु हुने कोरोना संक्रमितमध्ये काठमाडौंमा २ सय ९, ललितपुरमा ५८ र भक्तपुरमा ६१ रहेको मन्त्रालयको तथ्यांमा उल्लेख छ।

    यसैगरी हाल काठमाडौंमा १० हजार ५ सय १, भक्तपुरमा १ हजार ७ सय १९ र ललितपुरमा २ हजार ३ सय ६३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    नेपालमा हालसम्म १४ लाख १९ हजार ६४ जनाको पिसिआर परीक्षण गरिएको छ। नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ८६२ जना भने निको भएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १२:५३:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology