शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर ३८ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित, आधाभन्दा बढी बागमतीमा

देशभर ३८ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित, आधाभन्दा बढी बागमतीमा

नागरिक पाटी

१४, कार्तिक २०७७
  • 4.7K
    SHARES
  • देशभर ३८ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित, आधाभन्दा बढी बागमतीमा

    काठमाडौं। नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो।

    images
    images


    मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १ मा रहेका छन्। त्यहाँ आजसम्म ६ हजार २२४ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

    त्यसैगरी, लुम्बिनी प्रदेशमा तीन हजार ६१०, गण्डकीमा दुई हजार २२१, सुदूरपश्चिम प्रदेशमा एक हजार ५८, प्रदेश २ मा एक हजार ४९ र कर्णाली प्रदेशमा ७५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १७:२५:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology