काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ८८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १५०८, भक्तपुरका १३१ र ललितपुरका २४९ जना रहेका छन्। गत २४ घण्टामा थप तीन हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।