शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ३५ सय १७ जनामा कोरोना संक्रमण, चार हजार ९६ डिस्चार्ज

थप ३५ सय १७ जनामा कोरोना संक्रमण, चार हजार ९६ डिस्चार्ज

नागरिक पाटी

१४, कार्तिक २०७७
  • 5.6K
    SHARES
  • थप ३५ सय १७ जनामा कोरोना संक्रमण, चार हजार ९६ डिस्चार्ज

    धादिङ । पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९०९ जनाको पीसीआर गर्दा ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।

    images
    images

    मन्त्रालयका अनुसार आज चार हजार ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ। यो कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो। २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

    मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन्। उपत्यकामा २४ घण्टामा पुरुष ११ सय ७ र महिला ७८१ गरेर १८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १७:३७:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology